शनिबार, माघ १७,२०८२ 01:21:43
Bizshala
  • शनिबार, माघ १७,२०८२ 01:21:43
Bizshala
Global IME Bank Limited
Bizshala

२.१ अर्ब डलर सम्पत्तिका मालिक यी अरबपतिको नेटवर्थ एक वर्षमा भयो ‘जीरो’, संकटसँग जुध्दै कम्पनी

२.१ अर्ब डलर सम्पत्तिका मालिक यी अरबपतिको नेटवर्थ एक वर्षमा भयो ‘जीरो’, संकटसँग जुध्दै कम्पनी
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको भारतीय एडटेक कम्पनी बायजुलाई फेरी अर्को झट्का लागेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरुको सूचीमा बायजुका संस्थापक बायजु रबिन्द्रनको नेटवर्थ शुन्य भएको जनाइएको छ । रबिन्द्रन गत वर्ष भारतको सबैभन्दा युवा अरबपतिको सूचीमा थिए ।  

बायजुमा आर्थिक संकट झन बढ्दो छ । कम्पनीले कर्मचारीलाई समेत तलब दिन सकिरहेको छैन । रबिन्द्रन फोर्ब्सको अरबपतिको सूचीबाट समेत बाहिरिएका छन् । एक वर्षअघि उनी  २.१ अर्ब डलर सम्पत्तिको मालिक थिए । तर अहिले फोर्ब्सले जारी गरेको नयाँ सूचीमा उनको कुल सम्पत्ति शुन्य जनाइएको छ ।  

Bizshala
Garima Development Bank
New Office

फोर्ब्सका अनुसार आर्थिक संकटका कारण कम्पनीको भ्यालुएसन २२ अर्ब डलरबाट घटेर  १ अर्ब डलरमा सीमित भएको छ ।  

कम्पनीले नगद संकटबाट पार पाउनका लागि हकप्रद सेयर जारी गरेको थियो । तर यस विषयमा मिसम्यानेजमेन्टको आरोप लगाउँदै कम्पनीका लगानीकर्ताले ‘नेशनल कम्पनी ल ट्रिब्युनल’मा मुद्दा दायर गरेका छन् । कम्पनीका ४ लगानीकर्ता प्रोसस,जनरल अटलान्टीक,सोफिना र पी एक्सभीले बायजुको २२ अर्ब डलरको स्तरबाट ९९ कमको भ्यालुएसनमा हकप्रद जारी गर्न रोक लगाउन माग गरेको थियो । जसका कारण विवाद झनै गहिरिएको थियो ।  

बायजु ईजीएममा कम्पनीको ६० प्रतिशतभन्दा बढी सेयरधनीहरुले कम्पनीका संस्थापक तथा सीईओ बायजु रन्द्रिनका साथै उनका परिवारका सदस्यलाई कम्पनीको बोर्डबाट हटाउने प्रस्तावमा मतदान गरेका थिए ।  

बायजुको स्थापना सन् २०११ मा बायजु रबिन्द्रन र उनकी पत्नी दिव्या गोकुलनाथले गरेकी थिइन् । बायजु लर्निङ एपको रुपमा चर्चित बनेको थियो ।    

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.