काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्ला अलि खामेनीको राजकीय अन्त्येष्टि कार्यक्रम स्थगित गरिएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुधबारदेखि सुरु हुने भनिएको तीन दिने राजकीय श्रद्धाञ्जली तथा अन्तिम संस्कार समारोह पूर्वतयारी अपुग रहेकाले हाललाई टारिएको हो।
आयोजक समितिले आवश्यक पूर्वाधार तथा व्यवस्थापन कार्य पूर्ण रूपमा तयार नभएसम्म कार्यक्रम सञ्चालन गर्न नसकिने जनाएको छ। नयाँ मिति भने अझै सार्वजनिक गरिएको छैन।
सरकारी अधिकारीहरूले अन्त्येष्टिको नयाँ तालिका चाँडै घोषणा गरिने बताए पनि औपचारिक पुष्टि आउन बाँकी छ।

