आईतवार, जेष्ठ ३,२०८३ 02:49:06
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:49:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कम्पनी रजिष्ट्रारको कार्यालयमा 'निशुल्क परामर्श सेवा डेस्क', कर्मचारीले नै निवेदन तयार पारिदिने`

Laxmi Sunrise Bank Limited
कम्पनी रजिष्ट्रारको कार्यालयमा 'निशुल्क परामर्श सेवा डेस्क', कर्मचारीले नै निवेदन तयार पारिदिने`
Shivam Cement

काठमाण्डौ । कम्पनी रजिष्ट्रारको कार्यालयले निःशुल्क परामर्श सेवा डेस्क (सहायता कक्ष) सञ्चालनमा ल्याएको छ ।  कम्पनीसम्बन्धी सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यालयले उक्त डेस्क संचालनमा ल्याएको हो ।  

Bizshala
New Office
CG Motors

बुधबारदेखि लागू गरिएको यस व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी प्रशासन, सिएएमआइएस प्रणालीसम्बन्धी जानकारी, आवश्यक परामर्श तथा निवेदन तयार पार्ने सहयोग एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।

उक्त डेस्कबाट सेवाग्राहीलाई प्रत्यक्ष तथा टेलिफोनमार्फत आवश्यक सूचना समेत उपलब्ध गराउने कार्यालयले जनाएको छ ।  

साथै, विभिन्न प्रकारका निवेदन उपलब्ध गराउने, फारम भर्न सहयोग गर्ने र आवश्यक परे कर्मचारीले नै निवेदन तयार पारिदिने व्यवस्था गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

विशेषगरी सनाखत (पहिचान प्रमाणीकरण)सम्बन्धी निवेदनमा सेवाग्राहीलाई सहज बनाउन कर्मचारीले विवरण तयार पारिदिने व्यवस्था गरिएको छ। अन्य सेवाका लागि पनि आवश्यकताअनुसार निवेदन लेख्न सहयोग उपलब्ध गराइने कार्यालयले जनाएको छ।

यस व्यवस्थाले प्रक्रियागत जटिलता कम गर्दै सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.