काठमाण्डौ । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय गरिएको छ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा छलफल हुनुका साथै नीतिगत निर्णयहरू लिन सकिने अपेक्षा गरिएको छ।
सरकारका तर्फबाट औपचारिक निर्णयहरू बैठकपछि सार्वजनिक गरिनेछ।

