काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले सेयरबजारमा साढे २ करोड रुपैयाँ लगानी थप गरेको छ । कम्पनीले गत आवमा मात्रै २ करोड ६१ लाख रुपैयाँ लगानी थपेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा कुल ३ करोड ३ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ६१९.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा जम्मा ४२ लाख १४ हजार रुपैयाँ मात्रै लगानी गरेको थियो ।
गत आवमा कम्पनीले २० वटा कम्पनी र तीनवटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा ५ वटा कम्पनीको सेयर र दुईवटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको थियो ।
कम्पनीले सर्वाधिक साना किसान विकास लघुवित्तको सेयरमा लगानी गरेको छ । गत आवमा कम्पनीले सो संस्थाको ३ हजार ७७३ कित्ता सेयरमा ३३ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, दोस्रोमा डिप्रोक्स लघुवित्तको सेयरमा २९ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो लगानी अघिल्लो आवको तुलनामा २०९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले उक्त संस्थाको सेयरमा जम्मा ९ लाख ४० हजार रुपैयाँ मात्रै लगानी गरेको थियो ।
यसका साथै कम्पनीले सोल्टी होटलको सेयरमा २५ लाख ४६ हजार, सिटिजन्स सुपर–३० को इकाईमा २५ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तको सेयरमा २३ लाख ६९ हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्सको सेयरमा २३ लाख ३४ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकको सेयरमा १८ लाख ५४ हजार रुपैयाँ लगानी गरेको छ ।
कुन समूहमा कति लगानी ?
कम्पनीले कुल २० वटा कम्पनीको साधारण सेयर र तीनवटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ वटा कम्पनीको सेयर र दुईवटा म्युचुअल फण्डको इकाईमा लगानी गरेको थियो ।
गत आवमा कम्पनीले पाँचवटा कमर्सियल बैंकको सेयरमा ५८ लाख २३ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो लगानी अघिल्लो आवको तुलनामा ५९८.२९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले दुईवटा कमर्सियल बैंकको सेयरमा जम्मा ८ लाख ३४ हजार रुपैयाँ लगानी गरेको थियो ।
त्यस्तै, कम्पनीले तीनवटा फाइनान्स कम्पनीको सेयरमा कुल ८ लाख २० हजार रुपैयाँ लगानी गरेको छ ।
यता सानिमा जिआइसीले ५ वटा लघुवित्त संस्थाको सेयरमा कुल १ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ५९९.७३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले दुईवटा संस्थाको सेयरमा १७ लाख १ हजार रुपैयाँ लगानी गरेको थियो ।
बीमा समूहअन्तर्गत भने कम्पनीले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयरमा मात्रै लगानी गरेको छ । सो कम्पनीको सेयरमा सानिमा जिआइसीको ९ लाख ३३ हजार रुपैयाँ लगानी रहेको छ ।
कम्पनीले चारवटा हाइड्रोपावरको सेयरमा ४२ लाख ८७ हजार रुपैयाँ लगानी गरको छ । त्यस्तै, सोल्टी होटलमा २५ लाख ४६ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ८ लाख ९४ हजार रुपैयाँ लगानी गरेको छ ।
यसका साथै तीनवटा म्युचुअल फण्डको इकाईमा भने कम्पनीले ३१ लाख २८ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवमा कम्पनीले दुईवटा फण्डको इकाईमा ६ लाख ६६ हजार रुपैयाँ लगानी गरेको थियो ।


.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                