काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त भएको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार दास कथवनिया विदेश भ्रमणबाट फर्किएपछि निमित्त अध्यक्षको जिम्मेवारी अन्त्य भएको हो।
अध्यक्ष कथवनिया २०८२ फागुन ५ गतेदेखि तीन महिनाका लागि व्यक्तिगत कार्यवश विदेशमा रहेका थिए। उनको अनुपस्थितिमा सञ्चालक समितिको बैठक सञ्चालन तथा आवश्यक निर्णय लिन सञ्चालक समितिका सदस्य विजय कुमार साहु तेलीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको थियो।
यसैबीच, अध्यक्ष कथवनिया विदेश भ्रमण सम्पन्न गरी २०८३ वैशाख १५ गतेदेखि पुनः आफ्नो पदको कार्यभार सम्हालेपछि साहुको निमित्त अध्यक्षको जिम्मेवारी सोही मितिदेखि स्वतः समाप्त भएको संस्थाले जनाएको छ।

