आईतवार, जेष्ठ ३,२०८३ 10:56:06
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:56:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कपिलवस्तुका दुई पेट्रोल पम्पमा अनियमितता, बिक्रीमा रोक

Laxmi Sunrise Bank Limited
कपिलवस्तुका दुई पेट्रोल पम्पमा अनियमितता, बिक्रीमा रोक
Shivam Cement

काठमाण्डौं । कपिलवस्तुको सदरमुकाम तौलिहवा तथा आसपास क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ।  

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले निरीक्षण गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन थालिएको हो। 

Bizshala
New Office
CG Motors

उनले  भने, अधिकांश पम्पमा कम परिमाणमा पेट्रोल बिक्री गरिएको भेटिएन, तर दुई वटा पम्पमा निर्धारितभन्दा बढी पेट्रोल बिक्री भएको पाइएको छ।

अनुगमनका क्रममा कपिलवस्तु नगरपालिका–३ स्थित चिन्निलाल कान्दू पेट्रोल पम्प र बुद्धभूमि नगरपालिका–१० विजगौरीमा रहेको श्री तौलेश्वरनाथ आयल सेन्टरमा पाँच लिटर पेट्रोलमा करिब ३० देखि ३५ मिलिलिटरसम्म बढी दिइएको भेटिएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

ती पेट्रोल पम्पहरूमा हालका लागि पेट्रोल बिक्री–वितरण रोक लगाइएको छ। 

नापतौल विभागबाट प्राविधिक टोली बोलाई उपकरण परीक्षण गरिने र कुनै त्रुटि पुष्टि भए कानूनी कारबाही अघि बढाइने घिमिरेले बताए ।  

यसका साथै अनुगमन टोलीले बुद्धभूमि नगरपालिका–२ को रितु अटो सेन्टर, बडहरा क्षेत्रमा रहेको बुद्ध दर्शन पेट्रोल पम्प र वडा नं.५ प्रेमनगरस्थित श्री लक्ष्मी आयल सेन्टरमा पनि निरीक्षण गरेको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.