आईतवार, जेष्ठ ३,२०८३ 10:55:58
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:55:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल–भारत सीमामा कडाइपछि रक्सौल बजार सुनसान, नेपाली बजारमा किनमेल बढ्यो

Laxmi Sunrise Bank Limited
नेपाल–भारत सीमामा कडाइपछि रक्सौल बजार सुनसान, नेपाली बजारमा किनमेल बढ्यो
Shivam Cement

काठमाण्डौं, नेपाल–भारत सीमामा कडाइ गरिएपछि सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ भने नेपाली बजारतर्फ किनमेल गर्ने उपभोक्ताको संख्या बढेको देखिएको छ।

वैशाख २ गतेदेखि सरकारले भन्सार नियम कडाइका साथ लागू गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा प्रत्यक्ष असर परेको हो।

Bizshala
New Office
CG Motors

यसअघि वीरगञ्ज, जीतपुरसिमरा, पथलैया, निजगढ, हेटौँडा, नारायणगढ, पोखरा र काठमाडौंसम्मका उपभोक्ता किनमेलका लागि रक्सौल जाने गर्थे।  

तर, पछिल्लो कडाइपछि यो बजार नेपाली ग्राहकविहीन जस्तै बनेको व्यवसायीहरूको भनाइ छ।

रक्सौलमा नेपाली उपभोक्ताले मुख्यतः खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, कृषि औजार, मल तथा बिउबिजन खरिद गर्ने गरेका थिए।  

खुला सीमा र कमजोर निगरानीका कारण दैनिक हजारौँ नेपाली उपभोक्ता त्यहाँ पुग्ने गरेकोमा अहिले त्यो संख्या तीव्र रूपमा घटेको छ।  

व्यापारीहरूले ग्राहकको कमीले व्यवसाय प्रभावित भएको गुनासो गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

खुला सीमाको फाइदा उठाउँदै सानो परिमाणमा सामान ओसारपसार र अनौपचारिक व्यापार व्यापक हुँदै आएको थियो भने कतिपय स्थानमा तस्करीसमेत बढेको आरोप लाग्दै आएको थियो।  

अहिले कडाइपछि यस्ता गतिविधि धेरै हदसम्म रोकिएको र जसको असर रक्सौलका व्यापारीमा परेको छ।

नेपाली ग्राहकमा निर्भर व्यवसायीहरू ग्राहक घटेपछि आर्थिक समस्या भोग्न बाध्य भएका छन्।

सशस्त्र प्रहरी बल नम्बर १३ गणअन्तर्गत सीमा सुरक्षा गुल्मका प्रमुखले भने १०० रुपैयाँभन्दा माथिका सबै सामानमा कडाइ नभएको स्पष्ट पार्दै घरायसी प्रयोजन तथा विवाह–व्रतबन्धका लागि ल्याइने सामानमा सहजीकरण गरिएको बताएका छन्।

 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.