Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ज्योति विकास बैंकको नाफा २४.३९% ले घट्यो, ईपीएसमा पनि गिरावट

Global IME Bank Limited
ज्योति विकास बैंकको नाफा २४.३९% ले घट्यो, ईपीएसमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डो । ज्योति विकास बैंक लिमिटेडको खुद नाफा २४.३९ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि  अवधिसम्म भने बैंकले २० करोड १६ लाख बढीको नाफा आर्जन गरेको थियो ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १.७५ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोहि अवधिमा भने बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड रुपैयाँमा सििमत थियो ।  

बैंकको सञ्चालन खर्च २.१८ प्रतिशतले घटेर ८७ करोड १७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७१ करोड ४५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ८३ करोड २ लाख रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको निक्षेप संकलन ६३ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह भने ५० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ २८ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।  

यस्तै बैंकको प्रतिसेयर आम्दानी पनि ६.१२ रुपैयाँबाट घटेर ४.६२ रुपैयाँमा सीमित बनेको छ । बैंकको पीई रेसियो ६३.५९ गुणा,प्रतिसेयर नेटवर्थ १३४.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६८४.२२ रुपैयाँ कायम भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.