काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका विभिन्न पदका लागि उम्मेदवारी शुल्क निर्धारण गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि फरक–फरक शुल्क तोकेको हो।
निर्णयअनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै, एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर अनिवार्य गरिएको छ।
त्यस्तै, अन्य पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त पदका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर बुझाउनुपर्नेछ।
केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यसका लागि पनि एक जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर आवश्यक हुनेछ।
रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ।

