आईतवार, बैशाख १४,२०८२ 12:30:37
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 12:30:37
IME remit
Global IME Bank Limited

तेस्रो लगानी सम्मेलन आजदेखि सुरु, कुन–कुन मुख्य परियोजना प्रस्तुत गरिँदैछन् ?

Hyundai Nepal
तेस्रो लगानी सम्मेलन आजदेखि सुरु, कुन–कुन मुख्य परियोजना प्रस्तुत गरिँदैछन् ?
Nabil Bank Limited

काठमाण्डौ । तेस्रो लगानी सम्मेलन आजदेखि काठमाण्डौमा सुरु भएको छ । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उदेश्यका साथ २ दिनसम्म चल्ने लगानी सम्मेलन आजदेखि सुरु भएको हो ।  

लगानी बोर्डले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विश्वभरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहनेछ । पछिल्लोपटक नेपालमा २०७५ सालमा लगानी सम्मेलन आयोजना गरिएको थियो । यसबीचमा कोरोना महामारीका कारण निरन्तरता पाउन नसकेको लगानी सम्मेलन ५ वर्षको अन्तराल पछि पुनःआयोजना हुन लागेको हो ।  त्यसअघि सरकारले २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ।  

२४ सयभन्दा बढीलाई निमन्त्रणा गरिएको सम्मेलनमा सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशका १६ सय बढ्री लगानीकर्ता सहभागी हुन लागेका छन् । यो सम्मेलनमा नेपालबाट ३८५ जना, चीनबाट २६५ जना र भारतबाट १४३ जना सहभागी हुनेछन् ।  

त्यस्तै अमेरिकाबाट ३३ जना, जापानबाट २८ जना, बेलायतबाट १४ जना, बंगलादेशबाट १३, युुएईबाट समेत १३ जना र जर्मनीबाट १० जना लगानीकर्ता सहभागी हुदैछन् । आउनेछन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सरकारले लगानी सम्मेलन लाई लक्षित गरी गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकबाट लगानीका लागि बाधक ठहराइएका ८ वटा कानून संशोधन गरेको थियो ।  मन्त्रीपरिषद्को बैठकले भूमि सम्बन्धी ऐन २०२१,राष्ट्रिय निकुञ्ज तथा संरक्षण वन्यजन्तु ऐन २०२९,जग्गा प्राप्ति ऐन २०३४,विशेष आर्थिक क्षेत्र २०७३,सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५,विदेशी लगानी तथा प्रविधि हस्तान्तरण  ऐन २०७५,वन ऐन २०७६ र औद्यौगिक व्यवसाय ऐन २०७६ गरी वटा कानून संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको थियो ।  

तेस्रो लगानी सम्मेलनमा ९ वटा समूहका १४८ वटा परियोजना प्रस्तुत गरिनेछन् । त्यसमध्ये २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरका कम्तीमा चारवटा परियोजनाको विकास र कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।  

यस्तै १ खर्ब चार अर्ब रुपैयाँको चीन नेपाल मैत्री औद्योगिक पार्क, ८५ अर्ब ८३ करोड रुपैयाँबराबरको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना र २१ अर्ब ०२ करोड रुपैयाँबराबरको कोहलपुर र वाणगङ्गामा ४० मेगावाट क्षमताको सोलार परियोजना निर्माण गर्ने सम्झौता हुनेछ ।  

यसका साथै डाबर नेपाल प्राइभेट लिमिटेडसँग ९ अर्ब ६८ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको क्षमता विस्तार र उत्पादन विविधीकरणसँग सम्बन्धित परियोजना कार्यान्वयन सम्झौता हुने लगानी बोर्डले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.