Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भाखा नाघेका ऋणिहरुलाई साधारण ब्याजदरमा एनआईसी एशियाले भारी छुट दिने

Global IME Bank Limited
भाखा नाघेका ऋणिहरुलाई साधारण ब्याजदरमा एनआईसी एशियाले भारी छुट दिने
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका ऋणिहरुलाई साधारण ब्याज रकममा छुट दिने घोषणा गरेको छ ।  

बैंकले  केही मापदण्डहरु तोक्दै भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणिले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा सतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट हुने जनाएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको ऋणको साधारण ब्याज रकममा १५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ । यसैगरी, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको हकमा साधारण ब्याज रकममा २५ प्रतिशत, ३६५ दिनभन्दा बढी भाखा नाघेको हकमा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट दिइने घोषणा गरेको हो ।  

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिनसक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

‘यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणिहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।’ प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।’


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X