काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले घट्दै १४ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले १५ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ५५ लाख र सञ्चालन मुनाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ ।
संस्थाले इम्पेयरमेन्ट चार्ज ५७ लाख ९६ हजार रुपैयाँले ऋणात्मक छ । संस्थाले कर्मचारीका लागि ११ करोड ३५ लाख र अन्य सञ्चालनका लागि ३ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ ।
यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवसम्म १ अर्ब २० करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब १९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।
संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले ४ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब ७० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।
संस्थाको खराब कर्जा अनुपात घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.६१ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ६.७४ प्रतिशत कायम थियो ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.२५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १३८.९३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.६८ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३९६.५१ रुपैयाँ र तरलता अनुपात ११.२३ प्रतिशत कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                