काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
विद्यमान संस्थापक सेयधनीहरुका लागि मात्रै यो सेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ ।
निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                