काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड रुपंैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ४ वटा समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५९ प्रतिशत र निर्जीवन बीमा समूह ०.६० प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ७ वटा बीमा कम्पनीको सेयरभाउ भने बढेको छ । आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले कमााएका छन् । कम्पनीको सेयरमूल्य आज १.६४ प्रतिशतले बढेर ५९५ रुपैयाँ ३० पैसा पुगेको छ ।
त्यस्तै, नेपाल लाइफको १.४४ प्रतिशत, सन नेपाल लाइफको ०.५९ प्रतिशत, आइएमई लाइफको ०.३५ प्रतिशत, एलआइसी नेपालको ०.२६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१७ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरमूल्य बढेको छ । आज सर्वाधिक सेयरमूल्य घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३१ प्रतिशतले घटेर ५०८.४० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको २.२१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.०२ प्रतिशत, एशियन लाइफको १.९९ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.९५ प्रतिशत, हिमालयन लाइफको १.६९ प्रतिशत, सुर्यज्योति लाइफको १.६१ प्रतिशत, नेशनल लाइफको १.०६ प्रतिशत, सिटिजन लाइफको १.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७२ प्रतिशत, सानिमा जिआइसीको ०.६७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६५ प्रतिशत, हिमालयन एभरेष्टको ०.६३ प्रतिशत, आरबीसीएलको ०.५२ प्रतिशत, युनाइटेड अजोडको ०.५० प्रतिशत र एनएलजीको ०.३७ प्रतिशतले सेयरमूल्य घटेको छ ।
बीमा कम्पनीमा आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको ११ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफको ५ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                