काठमाण्डौ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कामदारको मागको प्रकृति त्यसको आपूर्ति गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्राविधिक सहयोगमा एउटा सफ्टवेयर निर्माण गरी यसको तथ्यांक संकलन कार्य सुरु गरेको छ ।
यसै सन्दर्भमा आज जेठ १३ गते नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि दु्रत बजार विश्लेषणअन्तर्गत सफ्टवेयरको निर्माण गरी उक्त सफ्टवेयर महासंघको सिस्टममा अपडेट गरिएको विषयमा जानकारी गराउने उद्देश्यले सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिनको रुपमा रहेका उद्योग प्रतिष्ठानहरू प्रवर्धन हुन सके मात्र राज्यले आर्थिक बृद्धि गरी आफ्ना नागरिकहरूलाई सुविधा प्रदान गर्न सक्ने बताए ।
‘यसको लागि औद्योगिक वातावरण निर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । सूचना र प्रविधिको विकासको चरणले अहिले कामहरुलाई सहज बनाउँदै गएको सन्दर्भमा श्रम बजार सूचना प्रणालीको संस्थागत विकासमा नेपाल उद्योग वाणिज्य महासंघले थालेको यो प्रयासलाई सरोकारवालासँगको सहकार्यले, थप प्रभावकारी बनाउनेछ ।’ उनले भने । उनले निर्माण गरिएको सफ्टवेयरलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिस्टममा अपलोड गरिसकेको जानकारी गराए ।
उक्त कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यलय विराटनगरका कार्यलय प्रमुख पुष्प कटुवालले उद्योगहरुका कतिपय तथ्याँकहरुलाई अनिवार्य राख्नु पर्ने प्रावधान वनाउनु पर्ने बताए । आयोजनाको उद्देश्यहरुमा प्रकाश पार्दै समृद्धिका टिमलिडर संदिप पौडेलले उद्योगहरुको मागको आधारमा संचालन गरिने कार्यक्रम सफल हुने विचार व्यक्त गर्दै श्रम सम्बन्धी तथ्यांकको अभावमा तथ्यमा आधारित नीति निर्माण हुन नसकेको अवस्थामा निर्माण गरिएको सफ्टवेयरले यसमा सहजीकरण गर्न जोड दिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                