काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा प्रादेशिक कृषि व्यापार प्रवर्धन रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेशको कृषि व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त अवसरमा अध्यक्ष राउतले कृषि उत्पादनको बजारीकरण र मूल्य अभिवृद्धिमा रहेका समस्याले कृषि क्षेत्र आकर्षक क्षेत्रको रुपमा विकास हुन नसकेको बताउँदै चिया अलैची अदुवा जस्ता प्रदेशका निर्यात योग्य वस्तुको गुणस्तर प्रमाणीकरण केन्द्र प्रदेशभित्र नभएकाले भारत निकासीमा विभिन्न व्यवधान भोग्न परिरहेको बताए । साथै उनले भारत बाहेकको बजार पहिचान र बजारको विविधिकरणमा राज्यबाट आवश्यक भूमिका निर्वाह हुन नसक्दा गुणस्तरीय नेपाली उत्पादन भारतीय उत्पादनको रुपमा बाहिर जाने गरेकाले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन नसकेको अवस्थालाई अब बन्ने प्रादेशिक कृषि व्यापार रणनीतिले चिर्नुपर्ने बताए ।
पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले प्रादेशिक कृषि व्यापार रणनीतिको खाका प्रस्तुत गर्दै नेपालको कुल निर्यातको करिब ४५ प्रतिशत कोशी प्रदेशको हिस्सा रहेको अवस्थामा बजारको निकटताको हिसाबले यो प्रदेशले उच्च सम्भावना बोकेको बताए । यस प्रदेशमा बन्दै गरेका सडक पूर्वाधारहरूलाई आर्थिक करिडोरको रूपमा विकास गर्नुपर्ने बताउँदै उनले प्रदेशबाट २१ वटा कृषि जन्य निर्यातका सम्भाव्य वस्तु पहिचान गरिएको जानकारी दिए ।
कार्यक्रममा टिम लिडर डाक्टर रामचन्द्र बस्ताकोटीले रणनीतिको खाकाबारे थप प्रकाश पारेका थिए । कार्यक्रमको खुला छलफलमा भाग लिँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष चेतन निर्रोलाले कृषि व्यापार प्रवर्तन रणनीतिले रैथाने बालीहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । यसैगरी, उदय परियोजनाका विष्णु काफ्लेले संविधानले अन्तर्राष्ट्रिय व्यापारको जिम्मेवारी केन्द्रलाई दिएको बताउँदै प्रदेशको प्राथमिकताका आधारमा रणनीति बनाउनुपर्ने औंल्याए ।
महासङ्घ कोशी महिला उद्यम विकास समिति सभापति सरु केसीले कृषिको मूल्य श्रृङ्खला अध्ययन गरेर रणनीति तय गर्नुपर्ने बताइन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य उद्योगी देवकी नन्दन अग्रवालले नेपालमा कृषि व्यवसाय प्रवर्द्धनका लागि भएका नीतिहरूले सम्बोधन गर्ने कुराहरू कार्यान्वयन नगर्ने मात्रै नीति बनाउने काम भइरहेको बताए।
यसैगरी कार्यसमिति सदस्य श्रवण अग्रवालले कृषि रणनीतिले कृषि उपजको भण्डारणलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। जीवन विकास समाजका निलमणि तिम्सिनाले कृषकहरूले दूध बिक्री वितरण गरेबापतको रकम अहिलेसम्म नपाएको बताउँदै खुल्ला सिमानाको कारण आयतित कृषि उपजले नेपाली बजार खस्किएको तर्क गरे । विराट बायोटेकका सञ्चालक ढुन्डी ढकालले आफूले प्राङ्गारिक मल उत्पादन गरेको बताउँदै नेपालका नीति नियम युवाहरूलाई व्यवसायतिर प्रवर्धन गर्ने भन्दा निरुत्साहित गर्ने रहेको बताए।
कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले रणनीतिले प्रोडक्ट ब्रान्डिङ प्याकेजिङ, उच्च मूल्य रहेका बालीनालीलाई समेट्नुपर्ने बताए।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                