काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिको आयोजनामा आर्थिक विकासमा महिलाको योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रदेश सभा उप–सभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारीले मुलुकको अर्थतन्त्रमा उद्यमी महिलाको योगदान एक विश्लेषण कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलता र महिला सशक्तिकरणमा सम्बन्ध रहेकाले यसले महिलाको आर्थिक स्वतन्त्रता र आत्मसम्मानमा पनि वृद्धि हुने गरेको हुनाले उद्यमशीलतामा लाग्न प्रोत्साहन गर्नुपर्ने बताइन् ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै नेपाल वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समिति सभापतिले महिलाहरूको उद्यमशीलता विकासमा महासंघले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै सफल महिला उद्यमीका प्रेरणाका कथाले उद्यमशीलता विकासमा सकारात्मक प्रभाव पार्ने बताइन् । कार्यक्रममा इलाम नगरपालिका ८ मा अवस्थित ग्रीनसिटी ललिपप उद्योगी सञ्चालिका दीपा गुरुङको उद्यमशीलता विकासको सफलताको कथा प्रस्तुत गरिएको थियो । उद्यम सञ्चालन गर्ने सुरुवाती समयमा धेरै व्यवधान भोग्नु परे पनि अहिले आफूले ४० जना लाई रोजगार प्रदान गरेको बताउँदै उनले वैदेशिक रोजगारीमा रहेका आफ्ना श्रीमानलाई समेत स्वदेश फर्काएको उल्लेख गर्दै आत्मविश्वास साथ लागिरहे सफलता प्राप्त हुने बताइन् ।
कार्यक्रममा महिला उद्यमीको आर्थिक अधिकार विषयमा मानव अधिकार आयोगका पूर्व निर्देशक सुवर्णकुमार कर्मचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले राजनीतिक र सामाजिक रूपमा सशक्त बन्न आर्थिक रुपले सशक्त बन्नुपर्ने बताउँदै महिलाहरूको उत्पादनको गुणस्तर मूल्य र ब्रान्डिङमा जोड दिनुपर्ने बताइन् । उनले विराटनगर महानगरपालिकाले महिला उद्यमशीलताको अवस्था बारेमा अध्ययन गर्दै गरेको बताउँदै आगामी महानगरको बजेटले उद्यमशीलता विकासलाई सम्बोधन गर्ने बताइन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिला सशक्तिकरणको खाँचो औँल्याए । उनले अध्ययन साथसाथै तालिमले क्षमता विकास हुने बताए । आन्तरिक राजस्व कार्यालयका हरि सेडाइले उद्यमशीलता विकासका आधारभूत पक्षहरू बारेमा चर्चा गर्दै महिला उद्यमीहरूले व्यवसाय व्यवसायमा के कस्ता कर र प्रक्रिया अपनाउनु पर्दछ भन्ने कुराको जानकारी गराए ।
प्रमुख अतिथि कोशी प्रदेश सभा उप सभामुख सिर्जना दनुवारले प्रदेश सरकारको नीति तथा कार्यक्रमले उद्यमशीलता विकासलाई सम्बोधन गरेको बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यम विकास समितिले आयोजना गरेको उद्यमशीलता विकासका प्रेरणाको कथाले अन्य महिला उद्यमीहरूलाई पनि उद्यमी बन्न प्रेरित गर्ने बताइन् । साथै, उनले कोशी प्रदेशको आगामी बजेटमा महिला उद्यमीहरूलाई सशक्त बनाउन विभिन्न कार्यक्रमहरू ल्याइने भएकाले यसको फाइदा उठाउन महिला उद्यमीहरूलाई अनुरोध गरिन् ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघ महिला समितिका करिब ५० जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                