सोमबार, बैशाख १५,२०८२ 03:04:12
IME remit
  • सोमबार, बैशाख १५,२०८२ 03:04:12
IME remit
Global IME Bank Limited

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट

Hyundai Nepal
मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट
Nabil Bank Limited

काठमाण्डौ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारबरारको बजेट सार्वजनिक गरेका हुन् ।  

बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन चालु आवको तुलनामा ०.५० प्रतिशतले कम हो । सार्वजनिक भएको कुल बजेटमा चालुतर्फ ३६.४५ प्रतिशत र पूँजीगततर्फ ६३.५५ प्रतिशत रहेको छ ।

प्रस्तुत बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ २ अर्ब ७९ करोड १९ लाख, वन तथा वातावरण मन्त्रालयतर्फ २ अर्ब ४२ करोड ४० लाख २५ हजार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु दुई अर्ब ९८ करोड ५८ लाख २२ हजार, श्रम तथा यातायात मन्त्रालयतर्फ रु ९९ करोड ९७ लाख ४८ हजार र लघु, घरेलु, साना मझौला उद्यम व्यवसायमार्फत आन्तरिक स्वरोजगार प्रवर्द्धन गर्न प्रदेश सरकारले मधेस स्टार्टअप र नवप्रवर्द्धन केन्द्रका लागि १५ करोड विनियोजन गरिएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यसै गरी गृह, सञ्चार तथा कानुन मन्त्रालयतर्फ ७७ करोड ५७ लाख ४ हजार, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ ५ अर्ब १७ करोड ९६ लाख ४२ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ १ अर्ब ९५ करोड ८३ लाख ५० हजार,भौतिक पूर्वाधार मन्त्रालयतर्फ १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ ५ अर्ब २१ करोड ६५ लाख ६ हजार विनियोजन गरिएको छ ।  

बजेटमा १० हजार नागरिकका लागि प्रदेश सरकारले बजार माग तथा आवश्यकतामा आधारित रहेर विभिन्न प्रकारका सीप विकास तालिम प्रदान गर्ने उल्लेख गरिएको छ ।  

प्रदेश निर्वाचन क्षेत्रका ३९ सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक धार सञ्चालन भएका विद्यालयलाई सहयोग गर्न ३ करोड ९० लाख, प्रत्येक जिल्लामा एउटा सामुदायिक सिकाई केन्द्रलाई प्रविधियुक्त पुस्तकालयको रुपमा विकास गर्न २ करोड, प्रदेशका आठवटै जिल्लाको संसदीय निर्वाचन क्षेत्रमा एक/एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न भौतिक पूर्वाधार तथा क्षमता विकास गर्न १६ करोड बजेट विनियोजन गरिएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.