काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक(साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक)का शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।
हितग्राही खातावालाहरुले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ। खातावालाहरुले कुमारी क्यापिटल तथा कुमारी बैंकका शाखा कार्यालयहरु मार्फत शुल्क बुझाउन सक्नेछन् । यस्तै ई–सेवा,केबीएल मोबाइ ल एप,आइएमई पे,प्रभु पे,खल्ती,कनेक्ट आईपीएस र फण्ड ट्रान्सफरमार्फत पनि शुल्क बुझाउन सकिनेछ ।
वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरोसेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ । यसका साथै ९९९ रुपैयाँमा आजीवन हितग्राही खाता नविकरण गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                