आईतवार, जेष्ठ ३,२०८३ 02:35:37
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:35:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनका लागि खतरा बन्दै भारतीय उद्योगपति अडानी

Laxmi Sunrise Bank Limited
चीनका लागि खतरा बन्दै भारतीय उद्योगपति अडानी
Shivam Cement

काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीले विश्वभर आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएका छन्। उनले भियतनाममा आधुनिक बन्दरगाह निर्माण गर्ने योजना बनाएका हुन्। अदानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोन लिमिटेडद्वारा सुरु गरिएको यो परियोजनाले भियतनामी सरकारबाट दा नाङमा हरित क्षेत्र विकासका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ।

Bizshala
New Office
CG Motors

ब्लूमबर्ग रिपोर्टका अनुसार यो परियोजना अझै प्रारम्भिक चरणमा छ। यसमा विभिन्न प्रकारका कार्गो ह्यान्डल गर्न कन्टेनर टर्मिनल र बहुउद्देश्यीय बर्थहरू हुनेछन्। लगानीको विवरण भने टुंगो लागेको छैन। अदानी समूहको यो चौथो अन्तर्राष्ट्रिय बन्दरगाह हुनेछ। गत शुक्रबार मात्रै, दक्षिण भारतमा अडानीको नयाँ मेगा पोर्टले आफ्नो पहिलो मदर जहाजलाई स्वागत गर्‍यो। यसले कम्पनीले अन्तर्राष्ट्रिय समुद्री व्यापारमा आफ्नो पकड बलियो बनाउन कत्तिको द्रुत गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ। 

यो अहिले चीनको प्रभुत्व भएको क्षेत्र हो। अडानी भारतका सबैभन्दा ठूलो पोर्ट अपरेटर हुन्। सबैभन्दा ठूलो पोर्ट अपरेटर भएकोले,अडानी पोर्ट्सले हाल यसको कुल कारोबारको लगभग ५% अन्तर्राष्ट्रिय गतिविधिहरूबाट प्राप्त गर्दछ। कम्पनीले सन् २०३० सम्ममा यो संख्या दोब्बर गरी १०% मा पुर्‍याउने लक्ष्य राखेको छ। कम्पनीले मध्यपूर्व,दक्षिणपूर्व एशिया, पूर्वी अफ्रिका, बंगलादेश,श्रीलंका,माल्दिभ्स,भियतनाम र कम्बोडियामा अवसरहरू खोजिरहेको छ। यी भारतको व्यापारका लागि निकै महत्वपूर्ण क्षेत्र हुन्। अदानीले दक्षिण भारतको भिजिनजाम पोर्टमा पनि आफ्नो लगानी बढाइरहेको छ। 

उनले यसलाई विस्तार गर्न र विश्वका ठूला जहाजहरू आकर्षित गर्न २.४ बिलियन डलर (लगभग २० हजार करोड रुपैयाँ) लगानी गर्ने वाचा गरेका छन्। करणले यसअघि एक पत्रकार सम्मेलनमा सन् २०२८ सम्ममा भिजिनजाम इन्टरनेशनल ट्रान्सशिपमेन्ट टर्मिनलमा २.४ बिलियन डलर लगानी गर्ने योजना बनाएको बताएका थिए। 

उनीहरूले बन्दरगाहको क्षमतालाई ३० लाख टीईयूको प्रारम्भिक योजनाबाट पाँच गुणा बढाएर ५० लाख टीईयू पुर्‍याउने लक्ष्य राखेका छन्। अन्तर्राष्ट्रिय समुद्री व्यापार क्षेत्रमा चीनसँग राम्रो प्रतिस्पर्धा गर्न अदानीले विस्तारको समयसीमा २०४५ बाट घटाएर २०२८ सम्म गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.