बुधबार, असार ४,२०८२ 06:17:09
  • बुधबार, असार ४,२०८२ 06:17:09
Global IME Bank Limited

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

Hyundai Nepal
गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ । यस विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको साउन १ गतेदेखि लागू हुनेगरी शुभारम्भ गरेको हो ।

यस सेवाअन्तर्गत,भारतीय ग्राहकहरुले BHIM र PhonePe लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउन आफ्ना व्यवसायिक ग्राहकसँग सहकार्य गरेको जनाएको छ । यसप्रकारका सेवाहरूले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकले राखेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.