काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ६ हजार ८४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिईसक्नु पर्नेछ । लगानीकर्ताले ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने संस्थाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                