काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ आज बाँडफाँड हुने भएको छ । संस्थाको एफपीओ बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको नागपोखरीमा रहेको कार्यालयमा बिहान ८ बजे हुनेछ ।
संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो । सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १६ लाख ५६ हजार ८२६ आवेदकहरुबाट २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँबराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।
यसमा ४ हजार ६७३ जनाले १० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । यस हिसाबले १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने भएको छ ।
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                