बुधबार, श्रावण १४,२०८२ 06:29:12
  • बुधबार, श्रावण १४,२०८२ 06:29:12
Global IME Bank Limited

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'

Hyundai Nepal
संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभाको अर्थसमितिमा पूँजीबजारका पछिल्ला समस्याहरुको विषयमा आज छलफल हुने भएको छ ।  

अर्थसमितिकी सचिव रेखा उपाध्यायका अनुसार पूँजीबजारको समसामयिक विषयमा छलफल गर्ने अजेण्डासहित बिहान ११ बजेदेखि बैठक बोलाइएको छ ।  

बैठकमा सांसदहरुले पूँजीबजारको विषयमा पछिल्ला समय उठेका सवालहरुमा केन्द्रीत रही आफ्नो विचार व्यक्त गर्नेछन् । 

Muktinath Bikas Bank Limited

'पूँजीबजारमा पछिल्लो समय धेरै खालका हल्लाहरु चलेका छन् । धेरै खालको इस्यूहरु आएका छन् । यी सबै विषयमा सांसद ज्यूहरुले आफ्नो कुरा राख्नुहुन्छ होला ।' उपाध्यायले बिजशालासँग भनिन्आ-'जको छलफल पूँजीबजारका समस्याहरुको दीर्घकालीन समाधान खोज्ने विषयमा समेत केन्द्रीत हुनेछ ।'  

अर्थसमितिका सभापति तथा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले पूँजीबजारमा एक्कासी उछाल आएको र यसको स्थायीत्वको ग्यारेण्टी नदेखिएको दाबी गर्दै सोही विषयमा धितोपत्र बोर्डका प्रतिनिधिहरुलाई बोलाएर समितिमा छलफल गर्न लागिएको जानकारी दिए ।  

'सेयर बजारमा एक्कासी उछाल के कारणले आएको हो ? यसको भविष्य के छ ? यस्तो उछाल स्थायी हो कि होइन ? जस्ता विषयमा आज छलफल गर्न खोजिएको हो ।' बिजशालासँग चालिसेले भने-'पछिल्लो समय बजारमा उछालसँगै विकृतिहरु पनि बढिरहेका विषयहरु बाहिर आएका छन् । यसमा नियामक धितोपत्र बोर्ड मौन रहेको गुनासाहरु पनि आएका छन् । धेरै साना लगानीकर्ताहरुलाई ठूलाले सुनियोजित रुपमा जालमा फसाइरहेका विषय पनि हामीसम्म आइपुगेका छन् । यी सबै विषयमा प्रष्ट हुन पूँजीबजारकै अजेण्डा राखेर बैठक डाकिएको हो ।'  

सभापति चालिसले पछिल्लो समय सेयर बजारमा दुईचारजना ठूला मिलेर लोभ सिर्जना गर्ने र त्यस्तो जालमा सानालाई फसाएर आफू सेयर बेची उम्किने प्रवृति मौलाएको दाबी गरे । 'आफूले किनेको स्क्रिप्टको बढी प्रचारप्रसार गर्ने र सोझालाई फसाउने काम भइरहेको विषय आएका छन् । यसको ग्यारेण्टी के हो ? साना लगानीकर्ता फस्यो भने यसको जिम्मेवार को हुन्छ ? धितोपत्र बोर्डले यसको जिम्मा लिन्छ कि लिंदैन । यस्ता प्रश्नहरु छन्, यसमा हामीलाई जवाफ चाहिएको छ ।' उनले थपे-'त्यही भएर बजारका चुनौति, समस्या र सम्भावनाका विषयमा व्यापक छलफल गर्छौ र एउटा ठोस निश्कर्ष निकाल्नेछौं ।'

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.