मंगलवार, जेष्ठ ५,२०८३ 04:09:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:09:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजार बढनु हुँदैन थियो भनेर मैले भनेको छैन - पूर्वअर्थमन्त्री महत

Laxmi Sunrise Bank Limited
सेयर बजार बढनु हुँदैन थियो भनेर मैले भनेको छैन - पूर्वअर्थमन्त्री महत
Shivam Cement

काठमाण्डौ। पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सेयर बजार बढनु हुँदैन थियो भनेर आफुले नभनेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै महतले आमजनता र लगानीकर्ताको विषयमा आफूले बुझे जानेसम्म सुसूचित र खबदारी मात्रै गरेको बताएका हुन्।

उनले आफुले बोलेको कुरालाई संसदमा उठाएको भन्दै आक्रोस पोखे। कुनै पनि संस्थाको पक्ष र विपक्षमा बोल्ने काम आफुले नगरेको उनको भनाइ छ।

Bizshala
New Office
CG Motors

आफू अर्थमन्त्री भएको बेलामा नेप्सेभित्रका सूचना लिएर इन्साइडर ट्रेडिङ हुने गरेको धितोपत्र बोर्डले नै जानकारी दिएको बताए। कर्मचारीकै मिलेमतोमा पूँजीबजारमा इन्साइडर ट्रेडिङ हुने सुनाए। धितोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएको देखाएकाले नियामक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने उनको सुझाव थियो। यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको उनको भनाइ थियो।

आफू अर्थमन्त्री भएको समयमा छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न उनले बोर्डसँग आग्रह गरे। सेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उनको भनाइ थियो। उनले पूँजीबजारले अर्थतन्त्र धान्नुभन्दा पनि कतैकतै चलखेल हुने गरेको सुनाए।

उनले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाइराख्न चुनौतीपूर्ण रहेको बताए। बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रक्रिया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको उनको भनाइ छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.