काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना,भारतबीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपि एस केसरीबीच भदौ ४ गते पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित गरिएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील रहेको छ । महासंघ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान प्र्याउने बिहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशीबीच स्थापना हुने भगिनी सम्बन्धले दुई पक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवद्र्धन हुने र यसबाट व्यावसायिक सम्बन्ध सहकार्य बढेर जाने जनाइएको छ । यस सम्बन्धबाट व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ ।
साथै यहि भदौ २७ देखि ३० गतेसम्म हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता रहनुका साथै कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इण्डष्ट्रिज एशोसिएशनका अध्यक्षले प्रतिवद्धता जनाए । कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र राउत, कोषाध्यक्ष सुवाष आचार्य, केन्द्रिय सदस्य एवं यस महासंघका सल्लाहकार अविनाश बोहरा लगायतको सहभागिता रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                