सोमबार, असार २,२०८२ 07:33:09
  • सोमबार, असार २,२०८२ 07:33:09
Global IME Bank Limited

बढ्दो महङ्गी नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्दै बंगलादेश, १०% भन्दा बढीसम्म पुग्न सक्ने

Hyundai Nepal
बढ्दो महङ्गी नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्दै बंगलादेश, १०% भन्दा बढीसम्म पुग्न सक्ने
Nabil Bank Limited

काठमाण्डौ । बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउने भएको छ । बंगलादेशको केन्द्रीय बैंकका नवनियुक्त गभर्नर डा.अहसन मन्सुरले बीबीसीसँगको अन्तर्वार्ताका क्रममा ब्याजदर बढाउने घोषणा छिट्टै गरिने बताएका हुन् ।  

गभर्नर मन्सुरले एक-दुई दिनमै ब्याजदर ८.५ प्रतिशतदेखि ९ प्रतिशतसम्म बढाइने बताए । यस्तै उनले मुद्रास्फितीलाई नियन्त्रण गर्न आगामी दिनमा ब्याजदर १० प्रतिशतभन्दा बढी पुर्याइने जानकारी दिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राजनीतिक उथलपुथलका कारण गारमेन्टको निर्यात नराम्ररी प्रभावित बन्दा र घट्दो रेमिट्यान्सका कारण मुद्रामा दबाब पर्दा यतिबेला बंगलादेशमा मूल्यवृद्धि उच्च छ । अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले बंगलादेशलाई ४.७ अर्ब डलर प्रदान गर्दै मौद्रिक नीतिमा कडाई गर्न र विनिमयदर लचिलो बनाउन भनेको छ ।    

गभर्नर मन्सुरले आईएमएफबाट थप ३ अर्ब डलर सहायताका लागि छलफल भईरहेको बताएका छन् । उनका अनुसार विश्व बैंकबाट थप १.५ अर्ब डलर र एशियाली विकास बैंक र जाईकाबाट १ अर्ब डलर सहायता लिने विषयमा पनि योजना बनिरहेको छ ।  

यो महिनाको सुरुवाततिर पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध भएको आन्दोलनका बेला भएको इन्टरनेट बन्द र कर्फ्यु जस्ता कारणले समेत मूल्यवृद्धि भएको छ ।  

आईएमएफमा ३ दशक बिताएका वरिष्ठ अर्थशास्त्री डा.मन्सुरलाई गत साता गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.