शनिबार, बैशाख १३,२०८२ 06:14:59
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:14:59
IME remit
Global IME Bank Limited

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

Hyundai Nepal
सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  

डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी बैंकिङ अधिकारीहरुको सहभागिता रहेको थियो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाईमा थप विकास गर्ने,आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्नेे, ग्राहकको चेतनाको स्तर अभिबृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने लगायतका बिषयमा  केन्द्रित थियो ।  

कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण,सीमापार डिजिटल कारोवार, बढ्दै गईरहेको साइबर ठगी र त्यससँग सम्बन्धित बढ्दो चुनौतीहरू जस्ता प्रमुख विषयहरू समेटेको थियो ।  

त्यसैगरी, सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमहरूको व्यवहारिक पक्षको बारेमा जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.