आईतवार, असार १,२०८२ 09:02:27
  • आईतवार, असार १,२०८२ 09:02:27
Global IME Bank Limited

पूर्वी नेपालमा पन्च ईभी प्रवेश,अब मधेश प्रदेशमा लञ्चको तयारी

Hyundai Nepal
पूर्वी नेपालमा पन्च ईभी प्रवेश,अब मधेश प्रदेशमा लञ्चको तयारी
Nabil Bank Limited

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च ईभीको रिजनल लन्चपूर्वबाट सुरु गरेको छ । बिर्तामोडस्थित अलास्का अटोमोवाइल र बिराटनगरस्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको हो ।

साथै, सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च ईभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलका प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।  

साथै, गत चैत्रमा भएको आईपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च ईभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको स्नेह गोयलले बताए ।    

पूर्वको लन्च सकेर अब टाटा पन्चइभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।    

टाटा पन्च ईभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ  सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सकिन्छ । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.