बुधबार, श्रावण १४,२०८२ 06:42:37
  • बुधबार, श्रावण १४,२०८२ 06:42:37
Global IME Bank Limited

ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेप्सेमा आज २६ सयबाट तल खसेको बजारले यस अघिको ग्यापलाई फिल गर्न आज त्यहि विन्दुमा आएको छ । नेप्सेले  यस अघि जुलाइ १० मा २५७० को विन्दुबाट करिब ३५ अंकले बढेर ग्याप अप ओपनिङ गरेको थियो । जसलाई बलियो सपोर्टको विन्दु पनि मानिन्छ ।  

Muktinath Bikas Bank Limited

बजारलाई इलिअट वेभमार्फत नियाल्दा पनि वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तको आधारमा पनि बजारले २५ सयको कुनै पनि विन्दुमा बलियो सपोर्ट लिनु पर्ने हुन्छ । वेभ ४ को अधिक करेक्सन ५० प्रतिशतसम्म हुन सक्छ भने सिद्धान्त अनुसार हालको करेक्सन २५ सय विन्दु आसपासमा सकिन्छ भन्ने हो ।  

यो विन्दु भनेको मनोवैज्ञानिक विन्दु पनि रहेको देखिन्छ । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा करिब ओभर सोल्ड जोन २० को तहबाट फर्केर ३१ को तहमा आएको देखिन्छ । आरएसआई पनि ओभर सोल्ड जोन नजिक अर्थात यस अघिको सपोर्ट विन्दु ४० कै तहमा आएको छ । यस कारण बजारले २५ सयको कुनै पनि विन्दुमा बलियो सपोर्ट लिन सक्छ । तर हालसम्मको बजारको अवस्थालाई नियाल्दा बजारले रिभर्सलको कुनै पनि संकेत भने दिएको छैन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.