आईतवार, असार १,२०८२ 10:06:40
  • आईतवार, असार १,२०८२ 10:06:40
Global IME Bank Limited

अन्ततःअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर, सेयर बजार बुस्ट हुने विश्वास

Hyundai Nepal
अन्ततःअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर, सेयर बजार बुस्ट हुने विश्वास
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)’ले ब्याजदर कटौती गरेको छ । फेडले आधि प्रतिशतले अर्थात ५० बेसिक प्वइन्टले ब्याजदर घटाएको हो । 

यससँगै फेडरल फण्ड रेट ४.७५ देखि ५ प्रतिशत कायम भएको छ । फेडले ब्याजदरमा गरेको यो कटौती पछिल्लो ४ वर्षमा पहिलो हो । जो बाईडेनको कार्यकालमा भएको यो पहिलो कटौती पनि हो ।  

 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक वर्षसम्म अमेरिकामा ब्याजदर ५.३ प्रतिशत हाराहारी रहेको थियो । जुन सन् २००१ पछिकै उच्च थियो । ब्याजदर कटौतीले ऋण लिनेहरुलाई राहात प्रदान गर्ने जनाइएको छ । फेडले ब्याजदरमा कटौती गर्न सक्ने आँकलनका साथ अमेरिकामा मोर्गेज रेट भने पहिले नै घटिसकेको छ ।  

यो वर्ष फेडले थप कटौती गर्न सक्ने समेत जनाइएको छ । बढ्दो बेरोजगारीदर र सुस्त अर्थतन्त्रका कारण गत जुलाई  महिनादेखि फेडलाई ब्याजदर कटौती गर्न दबाब आएको थियो । वर्षको सुरुवातमा अमेरिकामा बेरोजगारीदर ३.७ प्रतिशत थियो । जुलाई महिनामा यो बढेर ४.३ प्रतिशत पुगेको थियो । जुन सन् २०२१ पछिकै उच्च हो ।  

गत महिना यो दर केही घट्दै ४.२ प्रतिशतमा सीमित बनेको थियो । तर केन्द्रीय बैंकका अधिकारीहरुले यसमा सुधार आउने सम्भावना नदेखेपछि ब्याजदर कटौतीको बाटो रोजेका हुन् ।  

विश्वमा  कस्तो पर्नेछ प्रभाव  

फेडको ब्याजदर कटौतीले अमेरिकी नागरिकहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । यसका साथै अमेरिकी डलरसँग जोडिएका विश्वका केन्द्रीय बैंकहरु जस्तै हङकङ र अन्य खाडीका देशहरु यो निर्णयबाट प्रभावित हुनेछन् । त्यसैले यी देशका ऋणीहरुमा समेत फेडको ब्याजदरको कटौतीको असर पर्नेछ ।  

यो निर्णयले अमेरिकी सेयर बजारमा लगानी गरेका अन्य देशका लागननीकर्ता लाभान्वित हुनेछन् । न्यून ब्याजदरले सेयर बजार बुस्ट हुने दुई वटा कारण देखिन्छन् ।  

पहिलो भनेको कम्पनीहरुले कम रकममा कर्जा लिन सक्छन् र यसलाई थप मुनाफायोग्य बनाउन पुनः लगानी गर्न सक्छन् ।  

दोस्रो भनेको न्यून ब्याजदरले बचत खाता र यस्तै प्रकारका अन्य लगानीहरुमा लगानीकर्ता कम आकर्षित हुन्छन् । त्यसैले लगानीकर्ताहरुले आफुसँग भएको पैसा सेयर बजारमा लगानी गर्ने सम्भावना उच्च रहन्छ ।       

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.