काठमाण्डौ । सशस्त्र समूह हिजबुल्लाहले लेबनानमा विस्फोट गराएको पेजरहरूमा प्रयोग उपकरण ताइवानमा निर्माण नभएको त्यहाँको सरकाररले जनाएको छ । विस्फोट भएका पेजरका टुक्राहरूमा ताइवानको निर्माता कम्पनी गोल्ड अपोलोलाई संकेत गर्ने लेबलहरू थिए। तर कम्पनीले आक्रमणमा प्रयोग गरिएका उपकरणहरू नबनाएको दाबी गरेको छ ।
लेबनानी सरकारले मंगलबार भएको विस्फोटमा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको र करिब ३ हजार घाइते भएको बताएको छ ।
‘हिजबुल्लाहका पेजरहरूका कम्पोनेन्टहरू हामीले उत्पादन गरेका होइनौं ’ताइवानका अर्थमन्त्री कुओ जे–हुइले शुक्रबार पत्रकारहरूलाई भने।
उनले यस विषयमा न्यायिक अनुसन्धान भैरहेको समेत बताए ।
‘म सत्य पत्ता लगाउन चाहन्छु, किनकि ताइवानले यो विशेष पेजर मोडेल कहिल्यै निर्यात गरेको छैन,’ ताइवानका विदेशमन्त्री लिन चिया–लुङले भने।
यस हप्ताको सुरुमा, गोल्ड अपोलोका मालिक सु चिङ–कुआंगले आक्रमणसँग आफ्नो व्यवसायको कुनै सम्बन्ध नभएको बताएका थिए ।
उनले आफ्नो ट्रेड मार्क हंगेरीको बीएसी कन्सल्टिङ नामक कम्पनीलाई आफ्नै पेजरमा गोल्ड अपोलो नाम प्रयोग गर्न अनुमति दिएको बताए।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                