सोमबार, असार २,२०८२ 06:17:11
  • सोमबार, असार २,२०८२ 06:17:11
Global IME Bank Limited

भूमिब्यवस्था मन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता

Hyundai Nepal
भूमिब्यवस्था मन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग बुधवार कार्यसम्पादन सम्झौता गरेका छन् । २७ भदौंमा मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।  

यो आर्थिक बर्षभित्र भूमि ब्यवस्था, सहकारी र गरिवी निवारण क्षेत्रका ६० वटा महत्वपुर्ण कामहरु सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रालय मातहतका सह-सचिव र बिभागीय प्रमुखहरुको उपस्थीति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामुहिक प्रयासबाट सम्भव हुने भएकाले आ आफनो तहबाट जिम्मेवार, पारर्दशी र नतिजामुखी भएर काम गर्न निर्देशन दिनु भयो । योजनाहरु बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाई छ ।  

सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै विषय कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको उल्लेख गदैं भूमि आयोग गठन गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी  र अब्यवस्थित बसोवासीहरुको ब्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरु क्रमिकरुपमा समाधान गर्ने र गरिवी निवारणका क्षेत्रमा आसा जगाउने गरी काम गर्ने सचिव पोख्रेलको भनाई छ ।

सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित बिषयहरु कार्यान्वयनमा लैजानका लागि सम्बन्धित महाशाखा र बिभागसँग पनि आफूले कार्यसम्पादन सम्झौता गरि निरन्तर पहलकदमी लिने प्रतिवद्धता जनाएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.