आईतवार, जेष्ठ ३,२०८३ 04:16:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:16:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ

Laxmi Sunrise Bank Limited
थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ
Shivam Cement

काठमाण्डौ । तपाईंलाई थाहा छ ? अन्तरिक्षबाट धर्तिमा झर्ने उल्कापिण्डले समेत तपाईंलाई रातारात करोडपति बनाइदिनसक्छ । दुलर्भ बस्तुमा पैसाको खोलो बगाउने लगानीकर्ताबीच यी उल्कापिण्डहरु निकै लोकप्रिय छन् । दुनियाँका लगभग हरेक भागमा भेटिइने दोश्रो ग्रहको यस्तो चट्टानको टुक्राका लागि लिलामीको दौरान करोडौं रुपैयाँसम्मको बोल कबोल हुने गरेको छ । तर यस्ता महंगा चट्टानका टुक्रा चिन्न त्यति सजिलो भने छैन । तर तपाई केही खास तरिकाबाट कुनै पनि चट्टानको टुक्रा धर्तिको हो या अन्तरिक्षबाट आएको भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।  

न्यूयोर्क टाइम्समा छापिएको एक खबरका अनुसार केही दिनअघि अन्तरिक्षबाट झरेको एक उल्कापिण्डको टुक्रा बोलकबोलको माध्यमबाट १.३ लाख डलर अर्थात, १ करोड ३८ लाख नेपाली रुपैयाँमा बिक्री भएको छ । क्रिस्टी नामको कम्पनीको कस्मिक कलेक्सनमा यस्ता अन्य टुक्राहरु पनि रहेका छन् र तिनीहरुलाई समेत बोलकबोलको माध्यमबाट बिक्री गरिने बताइएको छ । 

Bizshala
New Office
CG Motors

उल्कापिण्डको अंकगणित

लोकप्रिय म्यागजिन ‘मेकानिक्स’का अनुसार अहिलेसम्मकै सबैभन्दा महंगोमा सन् २०१२ मे महिनामा उल्कापिण्डको एक टुक्रा बिक्री भएको थियो । सो बेला उल्कापिण्डको एउटा टुक्रा ३ करोड ५० लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो । अर्थसाइन्ससँग सम्बन्धित अमेरिकन वेबसाइट जियोलोजी डटकमका अनुसार चन्द्रमा र मंगल  ग्रहबाट धर्तिमा झरेका उल्कापिण्डहरु सबैभन्दा महंगो रेटमा बिक्री हुने गरेका छन् । यस्ता चट्टानको मूल्य एकहजार डलर प्रतिग्राम वा त्यो भन्दा पनि बढी रहेको छ । यो मूल्य सुनको भन्दा कयौं गुणाले बढी हो । सबैभन्दा सस्तो उल्कापिण्ड चाहि आधा डलर प्रति ग्राममा बिक्री हुने गरेको छ । उल्कापिण्डको सुरुवाती बिक्री दर दोश्रो वा तेश्रो बजारमा पुगेपछि थप महंगो हुने गरेको मेकानिक्सले जनाएको छ ।  

यसरी निर्धारण हुन्छ मूल्य

सुरुवातमा उल्कापिण्डको मूल्य त्यसको वजनको आधारमा तय गरिन्थ्यो । तर लिलाम गर्ने व्यापारिक संस्थाहरुले अहिले कुनै पनि उल्कापिण्डको टुक्राको मूल्य तय गर्नका लागि केही विशेषताहरुतर्फ ध्यान दिन्छन् । हिजोआज साइज, रंग, आकार र सो उल्कापिण्डसँग जोडिएको कथालाई हेरेर मूल्य निर्धारण गरिन्छ । उदाहरणका लागि कुनै पनि उल्कापिण्डका कारण धर्तिमा कुनै नोक्सान हुन्छ वा त्यो उल्कापिण्ड कुनै खास ग्रह वा धूमकेतुको हिस्सा रहेको हुन्छ भने त्यस्तोको मूल्य अधिक हुन्छ । अण्डाकार उल्कापिण्डको मूल्य समेत अन्य आकारको तुलनामा बढी हुन्छ ।  

यसरी चिनौं  

उल्कापिण्डलाई चिन्ने सबैभन्दा सजिलो र उत्तम तरिका हो ल्याब टेस्ट । विश्वमा रहेका यस्ता उल्कापिण्ड जाँच गर्ने ल्याबहरुमा तपाईंले फेला पार्नुभएको उल्कापिण्डको सानो हिस्सा पठाएर नमूना जाँच गर्न सक्नुहुन्छ । त्यस्तो जाँचबाट उल्कापिण्ड भएको पुष्टि हुने सर्टिफिकेट तपाईले पाउन सक्नुहुन्छ । तर यस्तो टेस्टका लागि हरेक स्याम्पल टेस्टका लागि २ हजार रुपैयाँ भन्दा बढी खर्च हुनसक्छ । नेपाल जस्तो मुलुकका लागि त अझ बढी खर्च हुनसक्छ । त्यति मात्र होइन, नेपालमै समेत यसको टेस्ट गर्न सकिन्छ, त्यसका लागि कुनै पनि सरकारी वा निजी संस्थासँग जोडिएको जियोलोजिस्ट वा विश्वविद्यालयको सम्बन्धित डिपार्टमेन्टको समेत सहयोग लिन सकिनेछ । तर तपाईंले भेट्नुभएको टुक्रा उल्कापिण्ड नै हो भन्ने कुरामा निकै धेरै आशामुखी भएर मात्र तपाईंले ल्याब टेस्टका लागि स्याम्पल पठाउनुपर्नेछ । कारण, ज्वालामुखीको टुक्रा, जलेको कोइला वा औद्योगिक फोहोर समेत कहिलेकाही उल्कापिण्ड जस्तै लाग्नसक्छन । रमाइलो पक्ष यो छ कि उल्कापिण्ड नै हो भन्ने निश्चित ल्याब टेस्टबाट भए तपाईंलाई त्यसको सर्टिफिकेट मात्र मिल्दैन, यस्ता वस्तुहरु खरीद गर्ने खरीदकर्ताहरुको चासो समेत तपाईप्रति बढ्न थाल्छ र तपाईलाई अनेकन डिमाण्डहरु आउन थाल्छन ।  

स्थानीय रुपमा कसरी चिन्ने ?

आम रुपमा नेपालमै पनि जताततै अनेक खालका चट्टानहरु भेटाउन सकिन्छ । तर उल्का पिण्ड आम चट्टान भन्दा केही फरक हुन्छ । यदि तपाईंलाई उल्का पिण्ड झरेको इलाकाको बिषयमा जानकारी छ भने आम चट्टानभन्दा फरक हुने उल्कापिण्डलाई सजिलै चिन्न सक्नुहुन्छ । त्यसपछि तपाईं आफैले पनि यो उल्कापिण्ड हो कि होइन भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । पृथ्वीको हिट शिल्ड हुँदै धर्तिमा झर्नुपर्ने कारण उल्कापिण्डका टुक्राहरु तेजिला हुँदैनन् । पृथ्वीको गर्मीमा त्यस्ता टुक्राहरु सामान्य रुपमा पग्लिन सक्छन । तर जमीनमा झरेर टुक्रिएपछि भने यसको चम्किलो र तेजिलो रुप देख्न सकिन्छ । झर्दा झर्दै टुक्रिएको उल्कापिण्डलाई थोरै मेहेनत गरेर सहजै चिन्न सकिन्छ । 

Garima Development Bank
Shivam Cement
IME remit

फ्यूजन क्रस्ट

फ्यूजन क्रस्ट उल्कापिण्डलाई चिन्ने निकै सहज तरिका हो । उल्कापिण्ड अन्तरिक्षको अति चिसो मौसमको यात्रा गर्दै पृथ्वीको बायुमण्डलमा आउँछ । पृथ्वीको बायुमण्डलमा प्रवेश गरेपछि घर्षणका कारण उल्कापिण्डको माथिल्लो तह तातेर पग्लिन थाल्छ । तर चट्टान भएका कारण यसले गर्मीलाई बिस्तारै बिस्तारै सहन थाल्छ । यसको अर्थ, चट्टानको भित्रको हिस्सा चाहि चिसो नै रहन्छ । यसको माथिल्लो तहमा गर्मी र तापमानका कारण एकखालको क्रस्ट बन्छ । जसको रंग भित्रको चिसो हिस्साको भन्दा फरक हुन्छ । यो सतहको मोटाई र नमूनाबाट समेत उल्कापिण्डलाई चिन्न सकिन्छ । जुन पत्थरको टुकडामा यस्तो नमूना वा नमूनाको संकेत मिल्छ, त्यस्तो टुक्रालाई उल्कापिण्ड खोज्नेहरुले टेस्टका लागि ल्याब पठाइदिन्छन ।  

अरु पनि छन् चिन्ने तरिका

अधिकांश उल्कापिण्डमा काफी मात्रामा आइरन हुन्छ । यसको अर्थ अधिकांश उल्कापिण्ड चुम्बकतर्फ आकर्षित हुन्छन । रक चुम्बकदारा टेस्ट पास गरेपछि भेटिएको टुक्रा उल्कापिण्ड हुनसक्ने संभावना बढ्छ । अनि त्यही टुक्रा आम चट्टानभन्दा निकै महंगो र विशेष बन्छ । आम रुपमा उल्कापिण्डका टुक्राहरु त्यही आकारमा धर्तिमा पाइने चट्टानका अन्य टुक्राहरुको तुलनामा ३० प्रतिशतभन्दा बढी वजनदार हुन्छन । यसको अर्थ तपाईंलाई कुनै चट्टानको टुक्रा उल्कापिण्ड जस्तो लाग्यो भने समान आकारको चट्टानको टुक्रासँग तुलना गरेर उचाल्नुहोस्, यदि शंकास्पद टुक्रा सामान्य ढुंगाको टुक्रा भन्दा पनि हलुका महसुस भयो भने त्यो उल्कापिण्ड हुनै सक्दैन । तर यदि अन्य समान आकारको ढुंगा भन्दा तपाईंले भेटेको टुक्रा चाहि केही भारि लाग्यो भने तपाईंले ल्याब टेस्टका लागि पठाउन सक्नुहुन्छ ।  

-एजेन्सीहरुको सहयोगमा भावानुवाद

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.