IME remit
  • शुक्रबार, कार्तिक १४,२०८२ 10:58:42
IME remit
Global IME Bank Limited

बंगलादेशलाई अडाणी ग्रुपको चार दिने अल्टिमेटम,बक्यौता नतिरे विद्युत आपूर्ति बन्द गर्ने चेतावनी

Hyundai Nepal
बंगलादेशलाई अडाणी ग्रुपको चार दिने अल्टिमेटम,बक्यौता नतिरे विद्युत आपूर्ति बन्द गर्ने चेतावनी
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको कम्पनी अडाणी पावरले विद्युतको बक्यौता रकम भुक्तानी गर्न बंगलादेशलाई ४ दिनको समय दिएको छ । कम्पनीले यसअघि नै बंगलादेशमा विद्युतको आपूर्ति आधि कटौती गरेको थियो ।  

अडाणी ग्रुपअन्तर्गको कम्पनी,अडाणी पावर झारखण्ड लिमिटेडले बंगलादेशले ८४६ मिलियन डलरबराबरको भुक्तानी नतिरेपछि यस्तो कदम उठाएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बंगलादेशको पावर ग्रिडको डेटाअनुसार अडाणी पावरले गत बिहिबार विद्युत आपूर्ति कटौती गरेको थियो । यो कटौतीबाट बंगलादेशलाई एक रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत अभावको सामना गर्नु परेको सथियो । १ हजार ४९६ मेगावाटको बंगलादेश प्लान्ट अहिले ७ सय मेगावाटमा काम गरिरहेको छ ।  

यद्यपी बंगलादेश इलेक्ट्रिसिटी बोर्डले भने पुरानो बक्यौता रकम तिरिसकेको तर जुलाई महिनाबाट अडाणी पावरको चार्जेज प्त्येक साता २२ मिलियन डलरभन्दा बढी भएको जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अडाणी पावर लिमिटेडले सन् २०२३ अप्रिल १० देखि बंगलादेशलाई विद्युत निर्यात गर्न सुरु गरेको थियो । कम्पनीले सन् २०१७ मा पावर पर्चेज एग्रिमेन्टमार्फत २५ वर्षका लागि गोड्डा पावर प्लान्टबाट बंगलादेशलाई विजुली आपूर्ति गर्ने सहमति गरेको थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.