मंगलवार, जेष्ठ ५,२०८३ 07:17:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:17:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

करका कर्मचारीप्रति अर्थमन्त्रीको 'कर कर', जिम्मेवार भएर काम नगरेका आरोप

Laxmi Sunrise Bank Limited
करका कर्मचारीप्रति अर्थमन्त्रीको 'कर कर', जिम्मेवार भएर काम नगरेका आरोप
Shivam Cement

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिकोआधार तय हुने बताएका छन् ।  

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिए । 

Bizshala
New Office
CG Motors

कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेकोअर्थमन्त्रीको भनाई छ ।  

अर्थमन्त्रीले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिनआवश्यक रहेको बताए ।  

उनले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममाआधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्यविशिष्टिकरणका लागि थप सुधारका पहलकदमी लिन निर्देशन दिए । 

Garima Development Bank
Shivam Cement
IME remit

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार, खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु बिस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गए पनि सोअनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो सोअनुरुप बढ्न सकेकोआफूले नपाएको बताउँदै अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन समेत दिए ।  

जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगतिलागयतमा लक्ष्यअनुरुप नभएकाले कार्यसम्पादन स्तरमा थप सुधार ल्याउन निर्देशन समेत दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.