सोमबार, असार २,२०८२ 06:08:52
  • सोमबार, असार २,२०८२ 06:08:52
Global IME Bank Limited

३ महिनामा १७.५% ले बढ्यो सेयर धितो कर्जा, करोडमाथि लिने धेरै

Hyundai Nepal
३ महिनामा १७.५% ले बढ्यो सेयर धितो कर्जा, करोडमाथि लिने धेरै
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत असार मसान्तसम्ममा प्रवाह भएको तुलनामा १७.५ प्रतिशतले बढी हो ।  

गत असार मसान्तसम्म भने बैंक तथा वित्तीय संस्थाबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो । यसरी ३ महिनाको अवधिमा १५ अर्ब ७३ करोड रुपैयाँबराबरको थप सेयर धितो कर्जा प्रवाह भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा १ करोड रुपैयाँभन्दा माथि सीमाको सेयर धितो कर्जा सबैभन्दा धेरै प्रवाह भएको छ । असोज मसान्तसम्म १ करोड सीमा माथिको ६९ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत असारसम्मको तुलनामा २५.१ प्रतिशतले बढी हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाबाट १ करोड माथि सीमाको ५५ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

यस्तै असोज महिनासम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्म सीमाको १३ अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम असारसम्मको १२ अर्ब ४२ करोड रुपैयाँको तुलनामा ९.४ प्रतिशतले बढी हो ।  

यो अवधिमा २५ लाखदेखि ५० लाखको सीमासम्म यस्तो कर्जा १४ अर्ब ८७ करोड रुपैयाँ र २५ लाख मुनि ७ अर्ब ३९ करोड रुपैयाँबराबर प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.