आईतवार, बैशाख १४,२०८२ 04:42:41
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:42:41
IME remit
Global IME Bank Limited

वारेन बफे(ट)ले दान दिए १६००० करोड, सेयरधनीसँग खोले आफ्नो सम्पत्तिको उत्तराधिकारीसम्बन्धी रहस्य

Hyundai Nepal
वारेन बफे(ट)ले दान दिए १६००० करोड, सेयरधनीसँग खोले आफ्नो सम्पत्तिको उत्तराधिकारीसम्बन्धी रहस्य
Nabil Bank Limited

काठमाण्डौ । विश्वकै धनाढ्यमध्येमा गनिने तथा विश्वभरको सेयर बजारमा बादशाह उपनामले चिनिएका वारेन बफे(ट) सम्पत्ति आर्जनमा मात्र होइन, दान गर्ने विषयमा समेत निकै अगाडि छन् ।  

प्रत्येक वर्ष विभिन्न संस्थाहरुलाई ठूलो सम्पत्ति दान दिएका कारण उनी चर्चामा आउने गर्छन् । यो वर्ष पनि बफे(ट) यस्तै ठूलो दानका कारण चर्चामा आएका छन् ।  

९४ वर्षीय बफे(ट)ले यो वर्ष चारवटा च्यारिटी फाउण्डेसनलाई १.१ अर्ब अमेरिकी डलर अर्थात करिब १६००० करोड नेपाली रुपैयाँ बराबरको दान दिएका छन् । योसँगै बफे(ट)ले आफ्नो ताजा अभिव्यक्तिमा आफ्नो निधनपछि आफूले आर्जन गरेको अरबौंको सम्पत्ति के हुन्छ र त्यसको उत्तराधिकारी को हुन्छ भन्ने कुरा समेत खुलाएका छन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनी विश्वकै टप १० अर्बपतिमा सूचीकृत अमेरिकी धनाढ्य हुन् । नोभेम्बर २५ मा उनले बफे(ट) परिवारबाट सञ्चालित चार फाउण्डेसनलाई निकै ठूलो दान दिए । रिपोर्टअनुसार उनले १६ हजार करोड रुपैयाँभन्दा बढी मूल्यको वर्कसायर हाथ्वेको सेयर नै दान गरेका हुन् । यो कम्पनीको सेयर बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८.५६ अमेरिकी डलर बराबर रहेको छ ।  

निकै ठूलो दान दिएका उनले कम्पनीका सेयरधनीहरुको नाममा एउटा नोट पनि लेखेका छन् । त्यसमा उनले आफ्नो निधनपछि अरबौंको सम्पत्तिको विषयमा र त्यसको उत्तराधिकारीको विषयमा समेत खुलासा गरेका अमेरिकी मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् । सेयरधनीलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन् कि वर्कशायर हाथ्वेको १६०० क्लास ए सेयर २४ लाख क्लास बी सेयरमा परिणत हुनेछ। र, यसलाई चारवटै पारिवारिक फाउण्डेसनको नाममा बाँडफाँड गरिनेछ ।  

आफ्नो सम्बोधनमा बफे(ट)ले तथ्यसहित बाँडफाँडको मोडालिटी समेत उल्लेख गरेका छन् । 

Muktinath Bikas Bank Limited

आफ्नी दिवंगत पत्नी सुसीको नाममा स्थापित सुसान थम्पसन बफे(ट) फाउण्डेसनलाई १५ लाख कित्ता सेयर दिइनेछ । आफ्ना बच्चाहरुको नाममा खुलेका फाउण्डेसनलाई समेत उनले दानको घोषणा गरेका छन् । बफे(ट)की पत्नीको सन् २००४ मै निधन भइसकेको छ ।  

बफे(ट)ले शेरवुड फाउण्डेसनलाई ३ लाख कित्ता, हाँवर्ड जी. फाउण्डेसनलाई पनि ३ लाख कित्ता र नोवो फाउण्डेसनलाई पनि ३ लाख कित्ता नै दान दिने घोषणा गरेका छन् ।  

बफे(ट)ले दान दिएर बचेको आफ्नो ९९.५ प्रतिशत सम्पत्ति आफ्नो शेखपछि कसको नाउँमा जाने भन्ने विषय पनि खुलाएका छन् । उनले आफ्ना तीनै सन्तानप्रति भरोसा व्यक्त गर्दै आफ्नो निधनपछि वर्कशायरमा उनको सम्पत्ति तीनै सन्तान मिलेर सम्हाल्ने विश्वास व्यक्त गरेका छन् ।  

उनले सो क्रममा वंशवादी सम्पत्तिबाट जोगिनका लागि आफ्नो विश्वास व्यक्त गर्दै भनेका छन् -'मैले कहिले पनि वंश बनाउने र बच्चाहरुलाई अगाडि देखाएर सम्पत्ति कमाउने लालसा राखिँन । मैले कमाएको यति ठूलो सम्पत्ति प्रभावकारी ढंगले कसरी खर्च गरिन्छ भन्ने विषयमा म सधैं चिन्तित हुने गरेको छ । यसमा मेरा तीन बच्चाहरुले चुनौति स्वीकार गरेर सम्पत्तिको व्यवस्थापन प्रभावकारी ढंगले गर्लान् भन्ने विश्वास छ ।'  

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार बफे(ट)को नेटवर्थ १५० अर्ब डलर बराबर रहेको छ । २०२४ मा मात्र उनले आफ्नो सम्पत्तिमा २१.३ अर्ब डलर थपेका छन् भने बितेको २४ घण्टामा उनको सम्पत्ति १.३४ अर्ब डलरले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.