मंगलवार, असार ३,२०८२ 02:32:31
  • मंगलवार, असार ३,२०८२ 02:32:31
Global IME Bank Limited

डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै कमजोर बन्ने प्रक्षेपण

Hyundai Nepal
डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै कमजोर बन्ने प्रक्षेपण
Nabil Bank Limited

काठमाण्डौ । विश्वका अधिकांश इन्भेष्टमेन्ट बैंकले डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै न्यून विन्दुमा पुग्ने आँकलन गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भन्सारशुल्क बढाउने धम्कि दिएसँगै चिनियाँ मुद्रा रेकर्डस्तरमा कमजोर बन्ने आँकलन गरिएको हो ।  

सिएनबीसीले १३ संस्थाबीच गरेको प्रक्षेपणमा अधिकांशले सन् २०२५ सम्म औषत रुपमा चिनियाँ युआन प्रतिडलर ७.५१ कायम हुने अनुमान गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो भनेको हालसम्मकै न्यून हो । यसअघि सन् २००४ मा चिनियाँ युआन डलरको तुलनामा हालसम्मकै न्यून कायम भएको थियो ।  

ट्रम्पले गत सोमबार अमेरिका आउने चिनियाँ वस्तुमा थप १० प्रतिशत शुल्क लगाउने बताएका थिए । चुनावी अभियानका क्रममा उनले चिनियाँ वस्तुमा ६० प्रतिशत वा सो भन्दा बढीको शुल्क लगाउनु पर्ने बताएका थिए ।  

ट्रम्पको पहिलो कार्याकालमा सन् २०१८ मा चिनियाँ युआन ५ प्रतिशतले घटेको थियो । यसका साथै अमेरिकासँगको व्यावार तनावका कारण युआन थप १.५ प्रतिशतले कमजोर बनेको थियो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.