मंगलवार, असार ३,२०८२ 04:22:24
  • मंगलवार, असार ३,२०८२ 04:22:24
Global IME Bank Limited

भारत सरकारले हटायो इन्धनमा लाग्दै आएको कर, तेल कम्पनीहरुलाई राहात

Hyundai Nepal
भारत सरकारले हटायो इन्धनमा लाग्दै आएको कर, तेल कम्पनीहरुलाई राहात
Nabil Bank Limited

काठमाण्डौ । भारतको केन्द्र सरकारले इन्धनमा लाग्दै आएको ‘विन्डफल ट्याक्स’ हटाएको छ । यो कर एयर टबाईन फ्युलदेखि लिएर पेट्रोल–डिजेलसम्म लाग्दै आएको थियो । यो करलाई औपचारिक रुपमा विशेष अतिरिक्त उत्पादन शुल्कका रुपमा लिइने गरिएको थियो ।  

यो कर सन् २०२२ मा रुस–युक्रने युद्धका बेला कच्चा तेलको मूल्य रेकर्डस्तरमा पुगेका बेला लगाइएको थियो । त्यसको ३० महिनापछि भारतको वित्त मन्त्रालयले अन्तराष्ट्रिय मूल्यमा आएको गिरावटका बीच घरेलु स्तरमा उत्पादन हुने कच्चा तेल र विमान इन्धन तथा पेट्रोल–डिजेलको निर्यातमा लाग्दै आएको ‘विन्डफल ट्याक्स’हटाउने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै सार्वजनिक क्षेत्रको ओएनजसीसी जस्ता कम्पनीद्वारा उत्पादित कच्चा तेल र रिलायन्स इन्डस्ट्रीज लिमिटेड जस्ता कम्पनीहरुद्वारा गरिएको इन्धन निर्यातमा लाग्दै आएको शुल्क अन्त्य भएको छ ।  

यो निर्णयले तेल कम्पनीहरुलाई ठूलो राहात मिल्ने जनाइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.