काठमाण्डौ । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबैभन्दा धेरै बिक्रि हुने एसयुभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।
थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्रि भएका एसयुभीहरुमा सबै भन्दा बढि बिक्रि भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एसयुभीको जित हासिल गर्न सफल भएको बताएको छ ।
थााईल्यान्डको अटो मोबाईलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्रि तथ्याङलाई आधार मानिएको बताएको छ ।
थाईल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्रि वितरण हुदै आई रहेका छन् । चिनिया ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजि मोटर्स रहेको छ भने नेपालमा नेटा भी तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरु उपलब्ध रहेका छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्स ले पनि ८ वर्ष वा १ लाख ८० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ। यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इकोफ्रेन्ड्ली एसयुभी खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँने कम्पनीले जनाएको छ ।
नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ । केहि दिन अघि बागडोलमा नयाँ सर्भिस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जालगरि सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर रहेको सिजी मोटर्सले जनाएको छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्ने योजना रहेको उल्लेख गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                