नेपाल बैंकले नक्कली सुन धितो राखेर कर्जा दिने गरेको खुलासा, ४ करोड लिने पक्राउ
काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । नेपाल बैंकमा नक्कली सुन धितो राखि ४ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिएर फरार भएका एक व्यक्ति पक्राउ परेपछि बैंकको यस्तो कर्तुत बाहिर आएको हो ।

