एक महिना १.८७% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५.४५% ले घट्यो
काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.८७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत माघ महिनाको तुलनामा १.८७ प्रतिशतले मात्रै बढी हो । माघ महिनासम्ममा बजारमा ६ खर्ब ५२ अर्ब ६२ करोड...

