सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुमपश्चिमस्थित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवनमध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्वारा बन्न लागेको हो । कुल १७५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा...

