लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभाश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेको छ ।

