कृषि र उर्जा क्षेत्रको कर्जाको रिपर्चेज एरेञ्जमेन्टमा राष्ट्रबैंकको कडाईं, कर्जा खरिदबिक्री पारदर्शी बनाइने
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जामा गर्ने गरेका रिपर्चेज एरेञ्जमेन्टमा कडाई गरेको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई आज एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले साबिकको व्यवस्थामा केही कडाई गरेको हो।

