बीमा प्राधिकरणको नेतृत्व दौड, ५० आकांक्षी मैदानमा
काठमाण्डौ । नेपालको बीमा क्षेत्रको सर्वोच्च नियामक निकाय, नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। अर्थ मन्त्रालयले तोकेको अन्तिम समय आज मंगलबार साँझ ५ बजेसम्म ५० जनाले नेतृत्वका लागि आफ्नो दाबेदारी पेस गरेका छन्।तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले गत २०८२ असार ३० गते निलम्बन गरेपछि लामो समयदेखि कार्यवाहक र अस्थायी नेतृत्वको भरमा...

