खर्च बढ्दा पनि नाफा सुधार्न सफल एशियन लाइफ
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दाबी भुक्तानी र खर्च बढेको अवस्थामा पनि नाफा वृद्धि गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशतले बढी हो।बीमा व्यवसाय...

