एशियन लाइफ इन्स्योरेन्सको १६ औँ साधारण सभा सम्पन्न,लाभांश र हकप्रद पारित
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १६ औं साधारण सभा आज सिमरास्थित होटल क्लासिकमा सम्पन्न भएको हो । उक्त सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।